काठमाडौं, ५ बैशाख। अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेलमा नेपालको बिजय सुरुवात भएको छ। अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाइ १–० को जीत निकालेको हो।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले पराजित गर्यो।

मिडफिल्डर विमला चौधरीले पहिलो हाफको १० औं मिनेटमा गरेको एकमात्र गोल अन्ततः आजको खेलमा निर्णायक बन्न पुगेको हो।

जीत सँगै ४ देश सम्मिलित प्रतियोगितामा नेपालले तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। आजको पहिलो खेलमा लेबनानलाई ३–१ ले पराजित गरेको म्यानमार शीर्ष स्थानमा रहेको छ।