बर्दिवास, ५ फागुन। भोजपुरी संगीत पारखीहरूका लागि बहुप्रतीक्षित नयाँ गीत  ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । नेपाली, भोजपुरी तथा मैथिली गीतमा छुट्टै पहिचान स्थापीत रुद्रसेन विश्वकर्माले गीतलाई बजारमा ल्याएका हुन्। रु्रसेनकै शब्द र संगीत रहेको गीतमा रुद्रसेन र प्रतिमा अर्यालको सुमधुर स्वर रहेको छ। 

rudra 2यस गीतमा चर्चित कलाकार सागर लम्साल (बले) र सुन्दरी नायिका शिल्पा पोखरेलको आकर्षक जोडीले अभिनय गरेका छन्। गीतले दर्शक तथा श्रोतालाई मनोरञ्जनको नयाँ अनुभव दिने विश्वास गरिएको छ।

गीतमा आधुनिक संगीतको स्पर्शसहित परम्परागत भोजपुरी लयको उत्कृष्ट मिश्रण सुन्न सकिन्छ।

प्रदीप कुमार रसाइलीको नृत्य निर्देशनमा बनेको भिडियोको कोरियोग्राफी आकर्षक र जोशिलो छ। सागर र शिल्पाको जोडीले नृत्यमा प्रस्तुत गरेको ऊर्जा र भावनात्मक अभिव्यक्तिले दर्शकको मन जित्न सक्ने सम्भावना छ। भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंको आकर्षक लोकेसनहरूमा गरेका हुन्, जसले गीतलाई भिजुअल रूपमा समृद्ध बनाएको छ।

गीतको निर्माण निर कुमारी विश्वकर्मा ‘सविना’ले गरेकी हुन्। संगीतको एरेन्जिङ, मिक्सिङ र मास्टरिङ भारतका कुशल एरेन्जर प्रमोदले गरेका छन्। कोरसमा शशि झा र उनका साथीहरूको मधुर आवाजले गीतमा विशेष आकर्षण थपेको छ।

रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुति रहेको यो गीत ‘दिलवाली’ नामक एल्बममा समावेश गरिएको छ। एल्बममा समावेश अन्य गीतहरूसमेत श्रोताहरूको मन जित्न सक्ने खालका रहेको निर्माण टिमको दाबी छ।

पहिलोपटक भोजपुरी गीतमा एकसाथ देखिएका सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीप्रति दर्शकको विशेष उत्सुकता छ। नेपाली टेलिभिजन तथा म्युजिक भिडियोमा निकै रुचाइएका यी दुई कलाकारको यो सहकार्यले दर्शकहरूमा नयाँपनको अनुभव दिनेछ । विशेष गरी सागरको हास्य भूमिका र शिल्पाको मोहक प्रस्तुतिले गीतलाई थप मनोरञ्जनात्मक बनाएको छ।

प्रेम दिवस (भ्यालेन्टाइन्स डे)को अवसर पारेर सार्वजनिक गरिएको यो गीतले प्रेमी–प्रेमिकाहरूको मन छुने अपेक्षा गरिएको छ। गीतको लय, शब्द र अभिनयले प्रेमको भावनालाई जीवन्त बनाएको छ, जसले युवापुस्तालाई विशेष आकर्षित गर्नेछ।

भोजपुरी संगीतमा नवीनपनको स्वाद दिने यस गीतलाई रुद्रसेन क्रिएसन प्रा।लि।को आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ। गीतले छोटो समयमै दर्शक तथा श्रोताहरूको राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

नयाँ जोडीको प्रस्तुति, उत्कृष्ट संगीत र मनमोहक लोकेसनले सजिएको ‘दे दन प्यार गोरी’ गीतले भोजपुरी संगीत पारखीहरूलाई विशेष उपहार दिनेछ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

https://youtu.be/Iiwph4anWsw?si=uMDeRmpgIWulEYq5