सिरहा, २८ माघ। पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशलाई व्यापक औद्योगिकीकरण गरी रोजागारीको सृजना गर्न सकिने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता समेत रहेका खनालले सप्तरीको सुरुङ्गा नगरपालिका ३ लक्ष्मीपुरमा बिग इन्डस पदमनगरको शिलान्यास गर्दै कृषि, वन, पानी, खानीजन्य उद्योग संचालन गरी देशमै रोजगारी सृजनागर्न सकिने बताएका हुन्।

933ae8be-f40c-4e49-bb38-0c2c66f9639a

उनले देशका मायाहुने उद्योगी व्यवसायीहरुले वेरोजगारीको समस्या समाधानसहित युवाहरुको बढ्दो विदेश पलायन रोक्न सकिने बताउँदै भने, ‘तर, त्यस दिशामा देशका माथिल्लो नेतृत्व गरिरहेकाहरुले ठीक ढंगाको योजनासहित मुलुकलाई अगाडि बढाउन सकिरहेका छैनन्। यसका काम हुन जरुरी छ।’ 

0cab6592-9503-42fb-8588-157c0d6ae784

‘विकासको नाममा काठमाडौंको न्यूरोड र सप्तरीको चन्द्र नहर बनाएर जहाँनिया राणा शासनले एक सय चार वर्ष त्यतिकै बिताए। पंचायतले पनि विकास खासै विकास गर्न सकेन; पूर्व प्रधानमन्त्री खनालले भने, ‘२०६३ को जनआन्दोलनपछि नयाँ संविधान जारी भएसँगै बनेको नेकपा एमाले र नेकपा माओवादीको दुई तिहाइको सरकारसँग असाधारण अवसर भएको थियो। धेरै काम गर्ने अवसर थियो। तर, त्यो सम्भावनालाई ठीक ढंगले प्रयोग गर्ने काम हुन सकेन।’

bc82154f-82a6-4199-b324-1d925dc4459c (1)

त्यहि कारणले मुलुकलाई औद्योगिकीकरणको दिशामा लैजान नसकिएको उल्लेख गर्दै उनले त्यसका लागि गर्नै पर्ने भूमिसुधार, देशभर रहेको भूमि सम्बन्धी विवादहरुको समाधान, भूमिको वैज्ञानिक ढंगले रेखांकन, नापी, तथ्यांकहरुलाई अद्यावधिक र आधुनिक कृषिको विकास नभएको जिकिर गर। ‘सरकारले कृषकहरुको उत्पादनको बजार उपलब्धता, उचित मूल्य दिने ग्यारेण्टीसहित कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्छ’ उनले भने ‘त्यो काम गर्न सक्ने भनेको राज्यले मात्र हो। स्थानीय स्तरमा रोजागरीको अवसर सिर्जना गर्न उद्योग स्थापना र संचालनका लागि सरकारले विशेष नीति र कार्यक्रमसहित प्रोत्साहन गर्न सके डरलाग्दो बन्दै गएको युवाहरुको विदेश पलायन रोक्न सकिन्छ।’ 

विपरीत विचार, सिद्धान्त बोकेका दुई ठूला पार्टी मिलेर बनेको सरकार भनिए पनि अहिलेको सरकारसँग मुलुकको विकास र समृद्धिका लागि औद्योगिकीकरणको काम गर्ने स्पष्ट भिजन नभएको उनको आरोप थियो। ‘देशलाई कसरी औद्योगिकीकरण गर्ने, रोजागारीको समस्या समाधान गर्न सरकारसँग कुनै योजना नै छैन’ उनले भने। 

उनले यस्ता उद्योग व्यवासयले देश समृद्ध बनाउन महत्वपूर्ण योगदान रहने बताए। उनले भने, ‘यो स्तरको ४ सय व्यवसायीले लगानीगर्न सक्ने अवस्था आए देश चाडै समृद्धहुने विश्वास व्यक्त गरे। 

हाइड्रोपावर व्यवसायी रहेका स्थानीय बीरेन्द्रबहादुर न्यौपानेले आफ्ना हजूरबा पदमबहादुर न्यौपानेले सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई चिरस्थायी बनाउन बिग इन्डस पदमनगरमा छ उद्योग स्थापना गर्न लागेको सुनाए। 

‘म र आफ्नो परिवारका लागि धेरै गरें, कमाएँ पनि, हरेक पटक गाउँ आउँदा स्थानीय बुढापाकाले आफ्नो जन्मथलोका लागि पनि कुनै काम गरिदिनु पर्यो भन्नु हुन्थ्यो’ शिलान्यास समारोहमा उनले भने ‘त्यसपछि गाउँमै छ उद्योग स्थापना र संचालन गर्ने योजना बनाएर थालनी गर्दैछु।’ उनका अनुसार आँप, फर्सी, तरबुजको जुस बनाउन प्रयोग गरिने पल्प, दुई हजार मेट्रिक टनको कोल्ड स्टोरेज, भारतीय पेट्रोलियमसँगको सहकार्यमा लुब्रिकेन्ट्स उत्पादन गरिने छ। 

त्सबाहेक बिटुमिनका लागि ड्रम उत्पादन र पेन्ट, सिसा र बोतल उत्पादन र सौर्य प्लाण्टबाट तीन मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्ने गरी उद्योगको संरचना निर्माण र संचालन गर्न करिब दुई वर्षको समय लाग्ने उनले बताए। ‘त्यसले पाँच सय जनालाई प्रत्याक्ष र पाँच हजार परीवारलाई अप्रत्यक्ष रोजागारीको अवसर सिर्जना हुन्छ’ उनले भने। 

सोही क्रममा सुरुङ्गा नगरपालिकाकी मेयर गिता चौधरीले उद्योग स्थापनापछि यस क्षेत्रको जनता प्रत्यक्षरुपमा लाभान्वित हुने भन्दै खुसी व्यक्त गरे। उनले भने, ‘यो उद्योग स्थापनाको खवरले म असाध्यै खुसी भएको छु। यसले थोरै भएपनि यसक्षेत्रका युवालाई विदेश पलायन हुनबाट रोक्ने छ। पालिकाको विकासमा योगदान पुर्याउने छ।’

उनले आफ्नो व्यक्तिगत र पालिकाको तर्फबाट उद्योग ञ्चालनमा आवश्यक सवैखालको सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। 

शिल्यान्याश कार्यक्रममा लहानका उद्योग अशोक अग्रवालले असुरक्षाका कारण यहाँबाट धेरै उद्योगीहरु पलायन हुनुपरेको दुखेसो गर्दै अवको दिनमा त्यस्तो समस्या नहुने कामना गरे। साथै उनले यो असाध्यै ठूलो योजना भएको बताउँदै यसले यसक्षेत्रको नयाँ पहिचान स्थापित गर्ने बताए।