सिरहा, २७ माघ। सिरहाको मिर्चैया नगरपालिकाका प्रमुख श्रवण कुमार यादवले दुर्वेशनपश्चात पुनस्र्थापीत युवाहरुको शिप विकाशकालागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। गोलबजारस्थित सिरहा पुनस्थापना केन्द्रको आईतबार अनुगमनका क्रममा नगर प्रमुख यादवले पुनस्र्थापित युवाहरुको जीविकोपार्जन तथा समाजमा पुनःस्थापीतहुन आवश्यक शिप विकासको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
सोही क्रममा उनले लागुपदार्थको कुलतमा फसेका बाल–बालिकाहरूको उद्धार तथा पुनःस्थापित गर्ने समाज सुधारका महत्वपूर्ण कार्य गरेको भन्दै केन्द्रलाई धन्यवाद दिए। उनले यो कुलत फसेका युवाहरुलाई नयाँ जीवन प्रदान गर्ने अति महत्वपूण कार्यमा आफ्नो पनि साथ सहयोग रहने प्रतिबद्धता दोहर्याए।
केन्द्रका अध्यक्ष आनन्द रहपालले स्वस्फूर्त रुपमा केन्द्रको अनुगमन र आफूहरुको कामको प्रसंशागर्दै हौसला प्रदान गरेको भन्दै मेयर यादवलाई धन्यवाद ज्ञापन गरे। उनले आफ्नो टीमले दुर्वेशनमा फसेका युवाहरुलाई नयाँ बाटो देखाउने प्रयास गरिरहेको भन्दै यसप्रति समाजले पनि चासो दिनुपर्ने बताए।
‘समाजको महत्वपूर्ण हिस्सा युवाहरु धेरै विदेश पलायन भईरहकान्, यहाँ रहेका स्कुले अवस्थामै दुर्वेशनमा फासिरहेका छन्; अध्यक्ष रहपाललेभने, ‘ती समाजका महत्वपूर्ण पुस्ता जोगाउनु पर्छ भन्ने भावनासहित आफ्नो टीम सक्रिया रहेको छ। यसमा सवैको साथ सहयोग आवश्यक छ।’
उनले मिर्चैया नगरपालिकाका मेयर यादवले स्वफूर्तरुपमा केन्द्रको अनुगमन र सुझाव दिएकोमा खुशि व्यक्त गरे।