काठमाडौं २१ माघ। नेकपा माओवादी केन्द्रले पार्टीका दुई प्रदेश इन्चार्ज हेरफेर गरेको छ। सोमबार बसेको पदाधिरी बैठकले उपमहासचिव मात्रिका यादवलाई मधेसको जिम्मेवारी दिएको छ। मधेसमा यसअघि सचिव लिलामिण पोखरेल इन्चार्ज थिए।

lard bhudha school 

त्यस्तै बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिएको छ। यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा यो प्रदेशको इन्चार्ज थिए।

अन्य प्रदेशमा भने प्रदेश इन्चर्जाहरू यथावत नै रहेका छन्। कोसीमा हरिबोल गजुरेल, गण्डकीमा  दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपानी खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपरिश्चममा गिरिराजमणि पोखरेल इन्चार्ज रहेका छन्।  

त्यस्तै विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सम्पर्क समन्वय विशेषमा लिलामिण पोखरेल,  प्रवास यूरोप–अमेरिका इन्चार्जमा राम कार्की र प्रवास एसियामा ओम शर्मा तोकिएका छन्।

त्यसैगरी, फागुन १२ गतेबाट ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ।आज बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने भएको हो।

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएको छ भने पार्टीले जितेका १ सय २३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा गर्ने निर्णय भएको छ। उनका अनुसार फागुन ९ गते सो भेला हुने भएको छ।