सिरहा, २१ मघ। आफ्नो निती र नैतीकताबाट च्युत भएपछि मधेशवादी दलको अवस्था ओरालो लाग्दै गएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य विश्वनाथ साहले बताएका छन्। गोलबजार नगरपालिका १२ बेतौनामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका साहले पार्टीभन्दा व्यक्ति बलियो भएकाले मधेशवादी दल खुम्चिदो अवस्थामा पुगेको बताएका हुन्।
‘संविधानसभाको पहिलो निर्वाचनमा मधेशमा सवैभन्दा धेरै सिट जितेका मधेशवादी दल अहिले किन यो अवस्थामा आयो? साहले प्रतिप्रश्न गर्दै भने, ‘संविधानसभामा जव सामानुपातिक सदस्य पठाउने समय आयो, त्यस वेला शहिद परवार सम्झेनन्, पार्टी कार्यकर्तालाई खोजिएन। श्रीमती, साली, सालालाई लगियो। परीणाम स्वरुप मधेशवादी दलको यो अविगत हो।’
स्थायी समिति सदस्य साहले आजको व्यवस्था ल्याउन, मधेशी, महिला, दलितलाई आरक्षणको व्यवस्था ल्याउने मुख्यि भुमिका आफ्नो पार्टीको रहेको जिकिर गरे।
‘अहिले व्यवस्था नै गलत देखाउने कामहरु भईरहेको छ। यो व्यवस्था नभई केही भ्रष्ट, अनैतिक पार्टी तथा व्यक्तिका कारण बदनाम भएको हो; नेता साहले भने, ‘अव हामीले भ्रष्टाचारको विरुद्ध लड्दै व्यवस्था जोगाउनु पर्ने जिम्मेवारी आएको छ, यसमा सम्पूर्ण जनसमुदाय सचेतता पूर्वक लाग्नु आवश्यक छ।’
सोही क्रममा उनले नव प्रवेशीहरुलाई अविर टिका र गम्छा ओडाएर पार्टीमा स्वागत गरेका थिए। नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेपाली काँग्रेसबाट एक सय ५० भन्दा बढी नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेको गोलबजार नगरपालिका १२ वडा कमिटी अध्यक्ष उमाकान्त मण्डलले जानकारी दिए।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य हरिनारायण चौधरी, तेजेन्द्र लामा, दिपेश मोक्तान, रामचन्द्र महतो, शुभराज लामा, देबनाथ साह, बिसुनदेब यादब, जीवन यादव लगाएतको उपस्थिति रहेको थियो।
उनीहरुले नवप्रवेशीहरुलाई स्वागत गर्दै आफ्नो पार्टीमात्र जनताको हरेक दुखसुखको साथी रहेको बताए। पार्टीलाई अझै वृहत बनाउँदै जनताको पक्षमा धेरै भन्दा धेरै कामगर्ने अवस्था बनाउन सम्पूर्ण जनसमुदायलाई पार्टीमा गोलबन्द हुन नेताहरुले आव्हान गरे।
सोही क्रममा गोलबजार नगरपालिकाका पूर्व मेयरसमेत रहेका देवनाथ साहले गोलबजार नगरपालिकामा अहिले संघ, प्रदेश र नगरपालिकासमेत गरी विकासका लागि अरवौं रुपैयाँ बजेट आएको बताए। पूर्व मेयर साहले त्यो रकम, कसरी कहाँ खर्च भईरहेको छ त्यसको विषयमा सवैले खोजितीति गर्नुपर्ने वेला भएको बताए।
उनले विकास निर्माणका कार्यहरु अपादर्शी तथा निश्चित व्यक्तिको कब्जामा भईरहेको भन्दै त्यसको खोजी गरेर सहि तरीकाले काम गर्ने व्यवस्था मिलाउन खवरदारी गर्नु पर्नेमा जोड दिए।