काठमाडौं, १८ माघ। गायिका एलिना चौहानले सम्बन्धविच्छेद गरिपाऊँ भन्दै जिल्ला अदालत काठमाडौंमा फिरादपत्र दायर गरेकी छिन्। श्रीमान् विष्णु सापकोटासँग कानुनी रुपमा हुने मानाचामल र अंशबण्डा नमागी एलिनाले सम्बन्धविच्छेदमात्र माँग गरेर फिरादपत्र दायर गरेको जिल्ला अदालतले जनाएको छ।
सूचना अधिकारी दिपक कुमार श्रेष्ठले एलिनाले सम्बन्धविच्छेद माग गर्दै फिरादपत्र दायर गरेको जानकारी दिए।
‘उहाँले वारेसमार्फत फिरादपत्र दायर गर्नुभएको छ’, उनले भने, ‘मानाचामल र अंशबण्डा केही माग्नुभएको छैन, केवल सम्बन्धविच्छेद गर्न चाहेको उल्लेख गर्नुभएको छ।’
झापाकी एलिना र बाग्लुङका विष्णु सापकोटाले केही गत वैशाख ५ गते मात्र विवाह गरेका थिए।
विवाह गरेको केही समय पछि नै उनीहरुको सम्वन्धमा चिसोपन आएको बताइन्छ। एलीना पछिल्लो भदौदेखि छुट्टै बस्दै आएका थिए।