वीरगञ्ज, १६ माघ। बारा र पर्साबाट स्रोत नखुलेको नौ लाखभन्दा बढी रुपैयाँसहित प्रहरीले दुई जना भारतीयलाई नियन्त्रणमा लिएको छ। पर्साको वीरगञ्ज हानगरपालिका १० आदर्श नगरबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयासहित भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल घर भएका २७ वर्षीय ओम कुमार रौनियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

lard bhudha school

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ क्यू ४३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

त्यसैगरी, बारा बिश्रामपुर गाउँपालिका ३ मुसहर्वा चोकबाट ३ लाख २ हजार ५ सय ६५ रूपैयासहित भारत ग्राम पञ्चायत जडवा मोतिहारी का ३८ वर्षीय प्रमोद प्रसाद साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१४ प ७९२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई नगद सहित फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।