काठमाडौं, ९ माघ। देशका विभिन्न स्थानबाट एकै दिन चार जनाको शव फेला परेको छ। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै म्याग्दीको बेनी नगरपालिका ४ सिंगास्थित म्याग्दी खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन्।
यता मोरङको सुनवर्षी नगरपालिका ४ काशीजान टोलस्थित सडकको नालीमा सोही नगरपालिका ६ खिर्किडागी बस्ने ५० वर्षीय कार्तिक लाल सुतियार बुधबार मृत अवस्थामा फेला परेका छन्।
ओखलढुंगा, सुनकोशी गाउँपालिका(५ मुलखर्क बस्ने ३२ वर्षीय करण तामाङ सोही गाउँपालिका(५ लप्सीडाँडास्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।