सिरहा, २ माघ। सिरहाको भगवानपुर गाउँपालिका ४ बलानखोला सीमाक्षेत्रबाट अवैधरुपमा भारत लग्न लागेको  करिव ८ लाख मूल्य बराबरको दन्तमञ्जनसहित दुईवटा ट्याक्टर सशस्त्र प्रहरी सिरहाले बरामद गरेको छ। 

प्रहरी सीमा सुरक्षा गुल्म ईनर्वाबाट खटिएको गाडि मोबाईल गस्ति टोलिले नेपालबाट अबैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजादै गरेको अन्दाजी मुल्य ७ लाख ९० हजार बराबरका १ सय ५८ कार्टुन े टुथपेष्ट र २ ओटा ट्राक्टर नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिएको टुथपेष्ट र ट्याक्टर आवश्यक कार्वाहीको लागि ठाडी भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल, नेपाल नम्वर ७ गणका गणपति एसपी नरेश भण्डारीले जानकारी दिए।