सिरहा, २ माघ। चिसोबाट प्रभावित सिरहाको नरहा गाउँ पलिका ३ खोरियाका सदाय समूदायलाई सिरहा ख्रिष्टियन समाजले न्यानो कपडा वितरण गरेको छ। Gamakpost.com मा जाडोले कठ्याङ्ग्रीदै तराई–मधेशका सदाय बस्ती, स्थानीय सरकार बेखवर शिर्षकमा छापिएको समाचारबाट प्रभावित भई समाजले यहाँका ६५ घरधुरीका दलित तथा सदायसमूदायलाई न्यानो कपडा वितरण गरेको हो।
समाजका संस्थापक अध्यक्ष जोना योन्जनले यहाँको समाजको पीडा हामीले गमकपोष्ट पत्रिकाबाट जानकारी पाएपछि आफैले पनि थप बुझेर यहाँका पीडितहरुलाई न्यानो कपडा वितरण गर्न आईपुगेको बताए। उनले हाम्रो संस्थाको सहयोग गर्ने भावना अनुसार आज यहाँका दलित विपन्नलाई कपडा वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे।
कपडा वितरणका क्रममा नरह गाउँपालिका ३ का वडा अध्यक्ष रुस्तम अन्सारीले आफूहरुले गर्नु पर्ने काममा सहयोग गरेको भन्दै समाजलाई धन्यवाद दिए।
सोही क्रममा संस्थाले किर्जनहा १० का १ सय ६५ बालबालिका, गोलबजार नगरपालिका १० का ४६ वृद्ध वेद्धा, अपाङ्ग र एकल महिला तथा धनगढीमय नगरपालिका १२ का २१ विपन्न परिवारलाई जाडोको न्यानो कपडा वितरण गरिएको समाजका अध्यक्ष जोना योन्जनले जानकारी दिए।