सञ्जय मिश्रा
रौतहट, २४ पुस। भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिणभेग परोहा नगरपालिकाले सम्पूर्ण परिवारलाई ग्याँस चुल्होसहित सिलिन्डर निःशुल्क बितरण गरिएको छ। नगरलाई धुवाँमुक्त बनाउन ८ हजार परिवारलाई ग्याँस सिलिन्डर र चुल्हो सेट निःशुल्क वितरण गरिएको हो।
परोहा नगरपालिका ४ स्थित प्रहरी चौकीको प्रांगणबाट आइतबार देखी ग्याँससहितको चुल्हो सेट बितरण कार्यक्रम सुरु भएको नगर प्रमेख शेख वकीलले जानकारी दिए।
नगरसभाबाट पारित कार्यक्रम अनुसार नगरको प्रत्येक घर परिवारलाई पुग्ने गरी ८ हजार ग्याँस र चुल्हो सेट बितरण गर्ने योजना र कार्यक्रम सुरुभएको परोहाका प्रमुख प्रशासकीय अधिकृत महमद महफुज अहमदले बताए।
‘‘चुनावमा प्रतिबद्धता गरेको थिएँँ, त्यहि प्रतिबद्धता पुरा गर्न लागि परेको छु; नगरप्रमुखले भने, ‘दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घर परीवारका महिलामा स्वास प्रस्वास, आँखा विग्रिने जस्ता रोगको जोखिम रहेको भन्दै धुवाँ मुक्त नगर बनाउने चुनावमा गरेको प्रतिबद्धता अनुसार ग्याँस सहितको सिलिण्डर तथा चुल्हो सेट बितरण कार्यक्रम आयोजना गरिएको हो।’
नगरका हुनेखाने परिवारको पहिले देखि नै ग्याँस चुल्होसम्म पहुँच भएतापनि अति गरीब बिपन्न तथा दलित परिवारमासमेत नगरपालिकाद्वारा पहुँच बनाएपछि उनीहरू निकै खुसी भएका छन्।