सिरहा, २४ पुस। अत्यधिक चिसो बढेपछि सिरहाका विभिन्न पालिकाहरुले वर्षे विदामा कट्टाहुनेगरी दुई दिनदेखि एक सातासम्म विदा दिएको छ। जाडोका कारण पठनपाठनमा समस्या भईरहेको भन्दै धनगढीमाई, गोलबजार,  मिर्चैया नगरपालिकाले एक साताको विदा दिएको हो। 

त्यसैगरी, सुखिपपुर, कर्जन्हा नगरपालिकाले ३ र २ दिनको लागि वर्षे विदाबाट कट्टाहुनेगरी जाडो विदाको लागि सूचना निकालेर विदा दिएका हुन्। 

अत्यधिक चिसोका कारण पठन पाठनमा अपठ्यारो हुने र बिद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बर्षे बिदाबाट कटा हुने गरि बिदा गरिएको जनाएको छ। 

सिरहासहित तराईका जिल्लाहरुमा हिजो मंगलबारदेखि कुहिरोसँगै चिसो पानी मिसिएको चिसो हावा चलेपछि जनजीवन प्रभावित बनेको छ। चिसोले बालबालिका र वृद्धवृद्धालाई बढी प्रभावित बनाएको छ।