काठमाडौं, १९ पुस। नेपाल पुलिस क्लबले सानदार सुरुआत गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को राष्ट्रिय महिला लिगको दोस्रो चरण ९सुपर लिग० मा विभागीय टोली पुलिसले सानदार सुरुवात गरेको हो।
पुलिस आज खेलेको आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकामाथि ५–० को फराकिलो जित हासिल गरेको छ।
पुलिसलाई सहज जित दिलाउन अनुष्का शर्मा र सम्झना लावतीले दुई दुई गोल गरेका थएि भने एक गोल पूजा रानाले गरेकी थिइन्।
जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हारसँगै वालिङ पुछारमा झरेको छ।