सिरहा, १० पुस। सिरहाको सुखिपुर नगरपालिका ३ कुसहाबाट गएराती १० लाखभन्दा बढी मूल्य बरावरको धनमाल लुटपाट भएको छ। स्थानीय ताहिर अन्सारीको घरबाट १६–१७ जनाको समूहमा आएका लुटेराहरुले घरका सवै सदस्यलाई कुटपीट गरी नियन्त्रणमा लिई १ लाख ५० हजार नगद र ७ लाख भन्दा बढी मूल्यको सुन चाँदीको गरहना लुटेर लगेको हो। 

घरमा सुतिरहेको अवस्थामा आएका डाकाहरुले ढोका ढकढ्याए हल्ला गरेपछि झ्या खोलेर हेर्दा पेस्तो देखाउँदै डाकाहरुले छिटो ढोका खोल नत्र यहि मादिन्छु भन्दै घरभित्र पसेर सवै परिवारका सवै सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेको पीडित परीवारले जनाएको छ। 

डकैत समूहले पेस्तोल र घरेलु हतियारसमेत बोकेर आएको उनीहरुले बताए।  डाकाहरुले घरमा सवैजसो सदस्यहरुलाई कुटपीट गरी घाइते बनाएको छ। 

 डाकाहरुले बञ्चरो, छड लगायतले घरका दराज, बाक्सा फोडेर ४ मङ्ग टिका, ४ छक, ६ नथिया, ४ थान चाँदीको पायल, ४ थान चाँदिको हार, पङ्गलसुत्र ४ थान लगायतका गरगहना लुटेर लगेको पीडित परीवरले जनाएको छ। 

प्रहरीले भने सामान्य चोरीको घटनाभएको सूचना प्राप्त भएको बताए। जिल्ल प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्रकुमार पासवानले जिल्लामा समान्य चोरी भएको सूचना प्राप्त भएको बताउँदै थप जाँच बुझको लागि जिल्लाबाट इन्सपेक्टरको टोलि गएको बताए। उनले थपे, ‘सामान्य चोरी भन्नेमात्र खवर आएको छ। जिल्लाबाट इन्सपेक्टरको टोलि थप बुझ्न गएको छ। त्यहाँबाट सूचना आएपछिमात्र थप जानकारी गराउन सकिन्छ।’