जनकपुरधाम, ८ पुस। मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि आश्रयसहितको विद्यालय मधेश प्रदेशको राजधानी क्षेत्रमा निर्माण तथा सञ्चालन गर्ने अभियानमा प्रदेश सरकारले सघाउने बताएका छन्।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका दृष्टिविहीनहरूको एक समूहसँगको भेटमा मुख्यमन्त्री सिंहले आश्रयसहितको विद्यालयका लागि जग्गा उपलब्ध नहुँदासम्म वैकल्पिक व्यवस्थापनतर्फ लाग्नुपर्ने बताए। 

जनकपुरधाममा गुठीको जग्गा छ। गुठीको जग्गाप्राप्तिमा निकै कठिनाइ हुने हुँदा तत्काल अपांगता भएकाहरूका लागि सञ्चालित कुनै संस्थाको भवनमा दृष्टिविहीनहरूका लागि विद्यालय सञ्चालन गर्ने विकल्पतिर सोच्नुपर्छ,ू मुख्यमन्त्री सिंहले भने।

उनले दृष्टिविहीनहरूको कल्याणका लागि स्थानीय सरकार तथा स्वयंसेवी संस्थासँग समन्वय गर्ने पनि जनाए।

मुख्यमन्त्री सिँहसँगको भेटमा दृष्टिविहीनहरूले आफूहरूको बास र लेखपढ व्यवस्थापनका लागि अघिल्ला प्रदेश सरकारहरूले सुनुवाइ नगरेको गुनासो गरे।