सिरहा, २० मंसिर। सिराहामा अटोको ठक्करबाट एक युवकको मृत्यु भएपछि स्थानीयले गरेको सडक अवरुद्ध दुई घण्टापछि खुलेको छ। कानुन बमोजिम कार्वाही गर्ने र क्षेतिपूर्ति दिलाउने सर्तपछि चोहर्वा–सिराहा खण्डको सिरहा ११ भलुवाहीमा अवरुद्ध सडक खुलेको हो।
सडकमा पैदल हिँडिरहेका निरज कामतीलाई स १ ह ७२४ नम्बरको अटोले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो। घटनाको विरोधमा बिहीबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए।
स्थानीयको प्रदर्शनको कारण सिराहा चोहर्वा सडक खण्डमा बिहीबार बिहान दुई घण्टाभन्दा बढी अवरुद्ध भएका थिए। थानीयले अटो चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानले अटो चालकलाई पक्राउ गरिएकोले कानुन अनुसार कार्वाही र पीडित परिवारकालाई कानुन राहत उपलब्ध गराउने सहमति पछि सडक खुलेको जानकारी दिए।