सिरहा, १७ मंसिर। नेकपा (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आफै सङ्कटग्रस्त भईरहेको बताए। सिरहाको गोलबजार नगर कमिटीले गोलबजार ३ मुसहर्नियामा  आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्याक्रमको उद्घाटन समारोहलाई सम्वोधन गर्दै पूर्व उप–प्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले भ्रष्टहरुको संरक्षण गर्दागर्दै सरकार चल्न नसक्ने अवस्थामा पुगेको बताएको हो। 

उनले सरकार भ्रटाचारीहरुको संरक्षण गर्ने र विकासको गतिलाई रोक्ने कार्यमा उद्धत रहेको जनाए। उपाध्यक्ष श्रेष्ठले भने, ‘यसको पछिलो उदाहरण कोशि प्रदेशको एकजना मन्त्रीलाई लिन सकिन्छ। जो युवाहरुलाई सँगै लिएर जापान गए। त्यसमा पनि उनीहरुकै खर्चमा गए। तर, अहिले कार्वाही चाँही ती युवाहरुलेमात्र भोग्नु पर्ने? यसले सरकारको मुखुण्डो उदाङ्गो भएको छ।’

अर्को, एउटा अदालतले सजाय र विगो तोकिसकेको र अर्को अदालतमा मुद्दा चलिरहेको व्यक्तिबाट अरवौं मूल्यको जग्गा पार्टी कार्यालय निर्माणको लागि दानमा लिएको घटनाले पनि सरकारको नियत प्रष्ट भएको उपाध्यक्षले श्रेष्ठले दावी गरे। 

उनले पार्टी अहिले सरकार खसाउने र बनाउने खेलमा नरहेको प्रष्ट पारे। उनले भने, ‘हाम्रो पार्टी सरकार खसाउने र बनाउने कार्यमा लागेको छैन। हामी मन्त्री, प्रधानमन्त्री बन्नकालागि मात्र सरकारमा जाने मनसायमा पनि छौनौं। तर, देश र जनताको पक्षमा काम गर्ने वातावरण बनेको खण्डमा भने हामी सरकारमा जान्छौं। ज्नताको पक्षमा काम गछौं पनि।’

विकास र समृद्धिको लागि शुसाशनको अपरिहार्य रहेको भन्दै भ्रस्टाचार नरोकीयसमम विकासले गति लिन नसक्ने उपाध्यक्ष श्रेष्ठले जिकिर गरे। अहिलेको सकरकार भ्रष्टहरुलाई जोगाउने खेलमा लागेकाले विकास र शुसाशनको कल्पना सम्म गर्न नसकिने उनले बताए।

आफ्नो पार्टी नेतृत्वको सरकारले थोरै भएपनि जनताको मनमा आशा जगाउने काम गरेको उपाध्यक्ष श्रेष्ठले दावी गरे। उनले भने, ‘हामीले गठवन्धनमै रहेका पार्टीका नेता, पूर्व मन्त्रि र सचिवलाई समेत अनुसन्धानको घेरामा ल्याउने, थुन्ने काम गर्यौं। त्यसले जनाताको मनमा केही आशा पलाएको थियो।’

सोही क्रममा उनले पार्टी अव सरकारमा भन्दा पार्टी संगठन विस्तार, निर्माण र जागरणको काममा सक्रिय हुने बताए। उनले देशैभरी स्कूलिङ्ग र प्रशिक्षणको कामहरु, ठूलाकार्यक्रमहरुको आयोजनामार्फत जनता सचेत गर्दै पार्टी निर्माणमा जुट्ने पार्टी योजना रहेको सुनाए। 

आजबाट तीन दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पहिलो दिन आज उपाध्यक्ष श्रेष्ठसहित उप–महासचिव गिरीराजमणी पोखरेल, स्थायी समिति सदस्य पर्शुराम तालामाङ्ग, विश्वनाथ साहले विभिन्न विषयमा प्रशिक्षण दिने आयोजकले जनाएको छ। 

नगर संयोजक जीवन यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा केन्द्रिय सदस्यहरु हरिनारायण चौधरी, जगत यादवको उपस्थिति रहेको थियो। 

प्रशिक्षण कार्यक्रममा जिल्लाका १७ वटै पालिकाका एक सय ५० र आयोजकसहित २ सय जनाको उपस्थिति रहनेको आयोजक समितिले जनाएको छ।