सिरहा, १४ मंसिर। सिरहाको नरहामा विद्यालयको गेटले किचेर दुई बालक घाइते भएका छन्। घाइते मध्येय एकको अवस्था गम्भिर रहेको छ। नरहा गाउँ पालिका १ गौरहास्थित आधारभुत विद्यालयको फलामे गेट ढलेर चोट लाग्दा कक्षा ४ मा अध्ययनरत कसिन्द सदायका छोरा १० विर्षिय राजेश सदाय र फुल कुमार यादवको छोरा ११ वर्षिय प्रिस यादव घाइते भएका हुन्। 

घाइते मध्येय राजेशको अवस्था गम्भिर रहेको छ। उनको टाउकोमा गम्भिर चोट लागेकाले थप उपचारको लागि विराटनगर लगिएको विद्यालयका शिक्षक रामजुलुम यादवले जानकारी दिए। प्रिन्सको पिठ्युमा घाउलागेको र अवस्था चिन्तामुक्त रहेकाले गोबजारस्थित लाईफ लङ्ग अस्पतालमा उपचार भईरहेको छ।  

विद्यालयका कार्यालय सहयोगी मुख्य स्लाईड गोट आधीमात्र खोेलेर कक्षा कोठा र कार्यालय खोल्न गएपछि राजेश गेटमा चढेर प्रिन्सलाई धकेल्न लगाउँदा गेटको चक्का उछिट्टिएर ढल्दा चोट लागेको शिक्षकहरुको भनाई रहेको छ। 

फलामे ढोकाले लागेर राजेबो टाउकोमा गम्भिर चाट लागेको शिक्षक यादवले जानकारी दिए। 

यता स्थानीयले भने कार्यालय सहयोगीले विद्यार्थीलाई गेट खोल्न लगाउँदा घटना हुन पुगेको बताउँछन्।  एक गाउँलेका अनुसार ढोका खोल्दा ढोकाबाट साउन्ड आयो र एकैपल्ट ढोका झर्दा बिद्यार्थीहरुको भागाभाग भएको थियो सो क्रम्मा दुई बिद्यार्थी घाइते भएको हो। 

बिद्यालयका शिक्षकहरु समयमा विद्यालय नआउनाले पनि यो घटना हुन पुगेको अभिभावकहरुको गुनासो रहेको छ।