सिरहा, ११ मंसिर। सिरहामा चापाकलबाट निस्केको पानी जम्ने सानो खाल्डोमा डुवेर डेडवर्षिय बालकको मृत्यु भएको छ। खडोमा जमेको पानीमा डुवेर जिल्लाको कर्जन्हा नगरपालिका ६ मिर्चैया धनगढ्हाटोलका सुजित पासवानका डेड वर्षिय छोरा रितिकको मंगलबार मृत्यु भएको हो।
ठूली छोरीलाई विद्यालय पुर्याउन गएको बेला खेल्दै बाहिर निस्केका रितिक पानी जम्ने खाल्डोमा डुवेको हुनसक्ने वडा नम्वर ६ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए।
खाल्डोमा बच्चाको खट्टामात्र छिमेकीले देखेपछि चिच्याउँदै गाउँलेलाई बोलाएका थिए। खोल्डोबाट तत्काल निकाली बेहोस अवस्थामा नजीकैको फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पुर्याएपनि अस्पतालले मृृत घोषणा गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए।
बालकको शव फोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको छ। प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।