लहान, ७ मंसिर। बालिका बलात्कार गरेको आरोपमा ७२ वर्षिय जेष्ठ नागरिक विरुद्ध प्रहरीमा उजुरी परेको छ। १० वर्षीया बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा धनगढीमाई नगरपालिका १३ का ७२ वर्षीय रुद्र बहादुर खत्रीविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको हो।
खत्रिले बालिकालाई ०८१ असोज १४ गतेदेखि मङ्सिर ३ गतेसम्म पटक पटक बलात्कार गरेकोभन्दै आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको पीडितकी आफन्तले बताए।
बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा मङ्सिर ५ गते नै भईसकेको र आरोपित खत्रिको खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णु प्रसाद सोतीले जानकारी दिए।
प्रहरीले खोजतलास र घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ।