सिरहा, ५ मंसिर। धनगढीमाई नगरपालिकाका राजनीतिक दलहरुले नगरको विकास, सुशासन र समृद्धिको लागि दलहरुको तर्फबाट समन्वय, सहकार्य र सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छ। धनगढीमाई नगर उप–मेयरसहित १९ जना वडाअध्यक्ष तथा कार्यपालिकाले निकालेको प्रेस विज्ञप्तीप्रति काउण्टर दिनेगरी नगर प्रमुख र प्रशासकीय अधिकृतको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तीले परिस्थितिलाई उत्तेजित बनाउने कामभएको भन्दै जिम्मेवार भएर नगरको विकासमा कामगरे आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको जनाएको हो।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द), जसपा नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरित १५ भदौमा सर्वसम्मत पारित नीत तथा कार्यक्रम र बजेटहरुमा गरिएको थपघट सम्वन्धमा छानविनको माँग गरिएकोमा नगर प्रमुख र प्रशासकीय अधिकृतले छलकपट र गम्भीर त्रुटी गरेको भन्दै यसप्रति खेद प्रकट गरेको छ।
राजनीतिक दलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विषयबस्तुको आधारमा मतभिन्नता हुनु, विवाद हुनु, छलफल÷बहसहुनु र सहमितमा पुग्न र सहकार्य गर्नु प्राकृतिक नियम नै हो। कार्यान्वयको शिलशिलामा देखिने आपसी विवाद, मतभिन्नतालाई नगरप्रमुले छलफल, समन्वय र सहकार्यमा टुङ्याउनु पर्नेमा आफ्नै कार्यपालिका विरुद्ध प्रचारबाजि गर्नु घटनालाई थप उत्तेजित बनाउनु हो।’
‘विगत देखि नै लोकसेवा कक्षा प्रकरण, अनावश्यक भ्रमण भत्ता, इन्धन, अवैध ग्रालेल उत्खननका विषयमा बेला बेलामा चर्चा हुँदै र त्यसविरुद्ध आन्दोलन हुँदै आएको पालिकामा सुशासन, पारदर्शीता कायमगराउन नसकेको’ विज्ञप्तीमा उल्लेख छ।
विषयलाई भड्काउने गरी १९ जना जनप्रतिनिधीले उठाएका र माँगरा िखजारी गरेको विज्ञप्ती विरुद्ध त्यसमा पनि अढाई वर्ष अगाढीका विषयलाई नयाँ प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरी समावेश नै नभएको विषयमा नगरप्रमुख शिव शंकर महतो र प्रमुख प्रशासकीय अधिकृत चौधरीले हस्ताक्षर गरेर विज्ञप्ती जारी गर्नु आक्रोस र पुर्वाग्रहको साहाला लिएको दलहरुको आरोप रहेको छ।
दलद्वारा जारी विज्ञप्तीमा नगरपालिकाले जन सरोकारको विषयमा वेवास्ता गरेको, कृषि विद्युत महशुल, मालपोत बुझाउँदा हुने झन्झट, विकास निर्माणको काममा हुने ढिला सुस्ती, प्राकृतिक चिकित्सा अध्ययन गराउने शिक्षकहरुको सयम थप, ग्रोल उत्खननमा हुने अनियमितता जस्ता विषयलाई समयमै समाधान गर्न माँग गरेको छ।
जनप्रतिनिधीहरु विच भएको विवाद सहि ढङ्गले समाधानगर्न नगरप्रमुखले पहल कदमी लिनु पर्ने दलहरुको माँग रहेको छ। उनीहरुले वातावरण निर्माण तथा सहि निकासको लागि आफ्नो तर्फबाट गर्नुपर्ने सवैखालको सहयोग गर्न दलहरु तयार रहेको विज्ञप्तीमा उल्लेख गरेको छ।
गत आईतबार उप प्रमुख, वडा अध्यक्षसहित १९ जना कार्यपालिका सदस्यहरुले विभिन्न १४ बुदेमाँगसहित आन्दोलनको घाषणा गर्दै प्रेस विज्ञप्ती जारी गरेको थियो।
त्यसैको काउन्टरमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले पनि ५ पानाको प्रेश विज्ञप्ती जारी गरेको थियो। विज्ञप्तीमा विशेषगरेर बहुमतको दम्वका कामगर्न नदिएको भन्ने आशाय प्रकट भएको छ।