सिरहा, १ मंसिर। भौतिकवादी समाज नेपाल सिरहाको प्रथम जिल्ला भेला सिराहा जिल्लाको गोलबजारमासम्पन्न भएको छ। 

भेलामा भतिवादी समाज नेपालको केन्द्रीय अध्यक्ष बैद्यनाथ ठाकुर ‘श्रमजीवी’को उपस्थितिमा सम्पन्न उक्त भेलामा अन्धविश्वासले जकडिएको नेपाली समाज रुढीवाद र पाखण्डबाट ग्रसित रहेको बताए। आजको एक्काइसौँ शताब्दी विज्ञान र प्रविधिको युग भएपनि नेपालीहरू संसारभरी सभ्यता र संस्कृतिको हिसाबमा १८ आंै शताब्दीभन्दा पनि पहिलेको अवस्थामा बाँच्न बाध्य रहेको अध्यक्ष श्रमजीवीले बताए।

जातीका आधारमा छुवाछुत, धनी, गरिब, महिला, मधेसी लगायतका समुदाय धर्म अन्धताले समाजलाई  ग्रसित बनाएको श्रमजीविले जिकिर गरे। उनले विज्ञान र प्रविधिले विश्व एउटा गाउँ जस्तो भईसक्दा पनि नेपाली समाज धर्म, जात र लिङ्गीय विभेदको चङ्गुलबाट बाहिरीन नसकेको बताए। 

उनले सवैले आ आफ्नो ठाउँबाट कुुसंस्कार र कुरितिबाट समाजलाई विज्ञान र प्रविधिसँग जोड्दै अन्धविश्वास मेटाउन जरुरी रहेको बताए।  

उनले दक्षिण एसियाका वैज्ञानिकहरुमा पनि अन्धता कायम रहेको सुनाए उनले भने, ‘दक्षिण एसीयाका वैज्ञानिकहरु कस्ता छन् भने चन्द्रमा यान उतार्छन,् तर उतार्नुभन्दा पहिले पृथ्वीमा पूजा गरेर नारिवल फुटाउँछन्।’ यसको प्रभाव नेपाली समाजमा पनि जटिल ढङ्गले गरेको छ। जसका कारण नेपाली समाज झन्–झन् पछाडि धकेलिरहेको हुनाले अबको समय भौतिकवादी समाजको हो।’ 

भौतिकवादी समाजको सदस्य वरिष्ठ बुद्धिजीवी राम रिजन यादवले भौतिकवादी समाज आजको अपरिहार्यता रहेको बताए। उनले भौतिकबादी विचार र व्यवहार सबले अङ्गाल्नु पर्ने बताउँदै, समाज विकासको लागि भौतिबादको ठूलो योगदान रहेको बताए।

भेलाले शिवकुमार महराको अध्यक्षतामा पाँच सदस्यपछि थप्ने गरी १५ सदस्य सिराहा जिल्ला समिति गठन गरेको छ। जसमा उपाध्यक्षमा ब्रह्मदेव मण्डल, सचिवमा भुवन शर्मा, कोषाध्यक्षमा कुमार कमलेन्द्र र सदस्यहरूमा रामदेव कुमार महरा, सञ्जय कुमार महारा, नरेश कुमार महारा, आनन्द महरा, महेन्द्र शाह तथा सुलेन्द्र सदा रहेका छन्। 

त्यसैगरी भेलाले दुई सदस्य सल्लाहकार समिति चयन गरेको छ। जसमा रामरिझन यादव तथा राम एकवाल यादव रहेका छन्।

भेलामा शिक्षक, बुद्धिजीवि, विभिन्न दलका नेता कार्यकर्ता तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।