फाईल फोटो।

बर्दिवास, १ मंसिर। महोत्तरी प्रहरीले १ सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।  औरही नगरपालिका १ औरही चेक पोष्ट अगाडि सडकबाट अवैध लागूऔषध गाँजा १ सय ५० किलोग्राम, ७७ हजार रूपैयाँ र मोवाइल ३ थानसहित सर्लाही लालबन्दी नगरपालिका ११ का २७ वर्षीय आकाश ठाकुर र हरिवन नगरपालिका २ का ३० वर्षीय पेमा दोर्जे लामा शनिबार दिउँसो पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले गौशलाबाट औरहीतर्फ आउँदै गरेको युपी ५७ एएफ ९४९५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीमा ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेको प्रहरीको भनाई छ। 

प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।