काठमाडौं, २७ कात्तिक। गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ। पूर्व प्रदेश मन्त्रीसमेत रहेका मनाङ्गेलाई काठमाडौंको भर्याङबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।
पक्राउपरेका मनाङ्गेलाई आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने जनाएको छ।
केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा उनलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो।