सिरहा, २६ कात्तिक। चोहर्वा बजार विकास समिति , गोलबजार नगरपालिका ८ को आगामी मंसिर १ गते हुने निर्वाचनमा तीनजनाले अध्यक्ष पदमा उम्मेदवारि दिने भइका छन्। बजार समितिका बर्तमान अध्यक्ष नागेन्द्र सिंहसहित सुनिल सिंह, रामप्रकाश सिंहले उम्मेदावरी दिने भएका हुन्।
नेकपा (एमाले), नेमपा (माआपादी केन्द्र)सहितका पार्टीको समर्थनमा नागेन्द्र सिंहको प्यानलले उम्मेदवारी दिने भएको छ। सुनिल सिंह र रामप्रकाश सिंहले भने आफूलाई स्वतन्त्र उम्मेद्वारको रुपमा घोषणा गरेका हुन्।
व्यवसायीहरुविच सहमतिको प्रयार भईरहँदा दलहरुविच भएको जुङ्गाको लडाईले चुनाव घोषा भएको स्थानीय व्यवसायीहरुको आरोप रहेको छ। उनीहरुले भने, ‘व्यवसायीहरुले सहमतिकै प्रयास गरिरदा दलको तुजुक देखाएर चुनाव घोषणा गरायो, अहिले उनीहरु मिलेपछि माहोल नयाँ ढङ्गले अगाडी बढेको छ। सवै ठाउँमा दल, बल देखाउनु उनीहरुको निमित्त घातह हुनसक्छ।’
स्थानीय व्यसायीहरु आफूहरुले बजारको विकास गर्न सक्ने सक्षम व्यक्ति चाहेको बताउँदै आएका छन्।
आगामी मंसिर १ गते हुने निर्वाचनको लागि भोली कात्तिक २७ गते विहान १० देखि अपरान्ह २ बजेसम्म मनोनयन दर्ता, भोली नै ३ बजे उम्मेदवारको नामावली प्रकाशन, ३ः१५ देखि ५ बजेसम्म दावी विरोध, ५ देखि ६ बजे सम्म नामावली फर्ता लिने र ७ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको प्रमुख निर्वाचन अधिकृत श्याम कुमार महतोले जानकारी दिए।
त्यसैगरी, २८ देखि २९ गते राती १२ बजेसम्म प्रचार प्रशार र २९ गते राती १२ बजेपछि मौन अवधि र मंसिर १ गते विहान ८ बजेदेखि २ बजेसम्म मदतान हुने निर्वाचन तालिका रहेको छ।