सप्तरी, २६ असोज। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा कार्यरत शिक्षक कर्मचारीले तलव–भत्ता नपाएको भन्दै पालिकामा तालाबन्दी गरेका छन्। चाड पर्वको बेलामा समेत शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीले पाउनु पर्ने तलव–भत्ता नपाएपछि बाध्य भएर  आइतबार नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन्।

नगरपालिकामा कार्यरत कर्मचारीले चालू आ.ब.२०८१र८२ को तलव, भत्ता हालसम्म पाएका छैनन्।

प्रमुख चाडपर्व दशैं, तिहार र छठ पर्वमा समेत तलव भत्ता नदिदा समस्या भएको उनीहरुको गुनासो छ। लामो समयदेखि तलव नपाउँदा हातमुख जोड् नै समस्या हुनथालेको शिक्षक आन्दोलन परिचालन समितिका संयोजक अशोक यादवले बताए। उनले भने, ‘पटक–पटक मेयर, उप मेयर, वडा अध्यक्षहरु समेतलाई जानकारी गराउँदा पनि तलव उपलब्ध नगराएपछि बाध्य भएर तालाबन्दी उत्रिनु पर्यो।’

तलव माग्दै शिक्षकले गत ६ कात्तिकमा नगरपालिकाका प्रमुखसहितकालाई ज्ञापन बुझाएका थिए। ज्ञापन बुझाउँदा समेत ध्यान नदिएपछि ११ कात्तिकदेखि शिक्षकले विद्यालय बन्द गरी धर्ना शुरु गरेका थिए।

धर्ना दिदा समेत कुनै चासो नदिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनीहरूको भनाई छ।

यो नगरपालिकामा चालू आ.ब. २०८१÷०८२ को हालसम्म पनि सभा हुन सकेको छैन।