विराटनगर, २५ कात्तिक। कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीको आरोपमा  पक्राउपक्राउ परेका छन्। मन्त्री पदको दुरुपयोग गरी जापानमा मानव तस्करीमा संलग्न रहेको अभियोग लागेका अधिकारी पक्राउ परेका हुन्।

प्रहरीले आइतबार अदालतबाट अनुमति लिएपछि विराटनगरस्थित निवासबाटै अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ। आइतबार कार्यालय खुलेलगतै अदालतबाट पक्राउ अनुमति लिएर अधिकारीलाई गिरफ्तार गरेको प्रहरीको भनाई रहेको छ। 


पक्राउ परेका अधिकारीलाई प्रहरीले दिउँसोको उडानबाट काठमाडौँ लैजाने तयारी गरिएको छ। 

सरकारी कागजपत्र किर्ते गरेको आरोपमा मन्त्री अधिकारीसँगै जापान पुगेर फर्किएका तीन जना र नक्कली कागजपत्र बनाउन सहयोग गरेको आरोपमा थप तीन जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको भए पनि अधिकारीमाथि अनुसन्धान नगरेपछि सरकारको आलोचना भएको थियो।

अधिकारीलाई उनको पार्टी नेकपा एमालेले सबै जिम्मेवारीबाट निलम्बन समेत गरिसकेको छ। 

मन्त्री अधिकारीलाई गृह मन्त्रालयले आवश्यकता अनुसार कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको स्रोतले बताएको छ।