सिरहा, २२ कात्तिक। छठपूजाको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाईन्दै छ। स्थानीय पोखरी, तलाउ, नदी किनारमा सजाइएका घाटहरूमा भक्तजनहरु भेलाभएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिन प्रराम्भ भएको छ।

सूर्यको पूजाअर्चना गरी मनाइने छठ पर्वको तेस्रो दिन बिहीबार कात्तिक शुक्ल षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन घाटमा पूजासामार्गीहरु माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, लगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकारहरू राखेर जलाशयमा शरीर डुबाउँदै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएको हो। मुख्य रुपमा सूर्यको पुरा हुने यस पर्वमा कृषि उपजहरु चढाउने चलन छ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति जलाशय, नदी, तलाउ किनारमा अर्घ्य दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर पुनः भोलिपल्ट कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपूजा समापन हुने गर्दछ। 

कात्तिक शुक्ल षष्ठीको साँझ अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्यसहित गरिने छठपूजाले मनोकामना पुराहुने, छालाजन्य रोगव्याधि नलाग्ने सामाजिक मान्यता रहेको छ।

मुख्य रुपमा सूर्यको पुरा हुने यस पर्वमा कृषि उपजहरु चढाउने चलन छ।