सप्तरी, १९ कात्तिक। त्रियुगाा नदीमा नुहाउने क्रममा डुवेर दुई बालिकाको मृत्यु भएको
भएको छभने एक जना व्यपत्ता भएकी छिन्। सप्तरीको कञ्चनरुप नगरपालिका ४, गमहरियाका श्रवण महतोकी छोरी करिब ८ वर्षीया प्रतिभा महतो, सुरेश सदाकी छोरी करिब ७ वर्षीया जितनी सदाको नदीमा डुवेर ज्यान गएको हो।
श्याम कुमार खङ्गकी छोरी करिब ८ वर्षीया काजल खङ्गको भने खोजी भईरहेको सप्तरी प्रहरीले जनाएको छ।
घरबाट नुहाउन गएका दुवैजना नदीमा रहेका केराको थाम समातेको अवस्थामा अपरान्ह फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी इन्सपेक्टर उदय राईले जानकारी दिए। हराई रहेकी काजलको भने खोजी कार्यभईरहेको उनले सुनाए।