सिरहा, १९ कात्तिक। सिरहाको गोलबजार नगरपालिका १२ का समाजसेवी सुवोध सिंहले छठ पर्वका वर्तालु, विपन्न तथा गरिव परिवाका महिलाहरुलाई साडी दान गरेका छन्। छठ पर्वलाई थप उल्लासमय बनाउन र विपन्न परिवारलाई सहयोग पुर्याउने उद्देश्यसहित एक समारोहको आयोजना गरी पाँच सय महिलाहरुलाई साडी दान गरेका हुन्।
पर्वहरु सामाजिक एकता र सद्भावका प्रतिक भएकाले विपन्न परिवारका महिलाहरुकालागि राहत हुने ठानेर पर्वको अवसर जुराई साडी प्रदान गरिएको समाजसेवी सिंहले बताए। उनले समाज सेवागर्ने आफ्नो चाहाना अनुरुप वर्तालुहरुलाई आफ्नो गच्छे अनुसार सहयोग गरेको जनाए।
साडी वितरण समारोहका बक्ताहरुले धनभएरमात्र दान पुनको काम हुँदैन भन्दै मनभएकाहरुले समयको पहिचान गरी आवश्यक परेको बेलामा दान पुनको काम गर्ने बताए। उनीहरुले यहाँ धेरै धनी, सम्पन्न व्यक्ति परीवारहरु हुनुहुन्छ। सवैबाट यस्तो समाजिक काम कम हुने भन्दै सुवोध र उनको परीवारको प्रशंसा गरे।
बेतौता मठका महन्थ लक्ष्मण दासको प्रमुख आतिथ्यमा सम्पनन साडी वितरण कार्यक्रममा, जनता माध्यमिक विदालय गोलबजारका पूर्व प्रधानाध्यापक रशिक विहारी पाल, वडा अध्यक्ष गणेश मुखिया, विधिन्न दलका प्रतिनिधी, समाजसेवी, बुद्धिजीविहरुको उपस्थिति रहेको थियो।
साडी पाएपछि लाभान्वित महिलाहरूले हर्ष व्यक्त गर्दै समाजसेवी सुवोध सिंहप्रति आभार व्यक्त गरे। महिलाहरूले यो सहयोगले पर्वलाई थप खुशी र उत्साहसाथ मनाउन सहयोग पुगेको बताए।
सुवोध सिंहले भविष्यमा पनि सामाजिक कार्यहरूलाई निरन्तर प्रतिवद्धता व्यक्त गरे।






















