बारा, १५ कात्तिक। बारा प्रहरीले महागढीमाई नगरपालिका १ सेमरा तेगछिया नयका टोलका ५५ वर्षीय भुमि सुधार भनिने श्रीनारायण प्रसाद यादवको हत्यामा संलग्न रहेको अभियोगमा स्थानीय ६४ वर्षीय सोथाई चौधरी नामले परिचित सोथाई खाँ थारूलाई पक्राउ गरेको छ।  महागढीमाई नगरपालिका १ सेमरा तेगछिया सडक खण्डमा कात्तिक १० गते साँझ यादवको हत्या आरोपमा थारु पक्राउ परेको हो। 

जग्गा सम्बन्धी पुरानो विवादको कारण उनले यादवको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

धारिलो हतियार खुकुरी प्रहार गरी हत्या भएको घटनाको अनुसन्धान गर्ने क्रममा थारुलाई उनकै घरबाट पक्राउ गरेको हो। हत्यामा प्रयोग भएको खुकुरी चौधरीको घर पछाडी झाडीमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ।