फाईल फोटो।

सिरहा, ९ कात्तिक। प्रहरीले बारार र रौतहटबाट दुई दिनमा २१ किलोभन्दाा बढी चाँदीका गहनासहित तीन जनाल पक्राउ गरेको छ। 

बराको जीतपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगंजबाट करिब १४ किलो अवैध चाँदीका विभिन्न गरगहना सहित शुक्रबार बिहान प्रहरीले प्रसौनी गाउँपालिका ६ को ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका ८ गमरगावाटोलका २७ वर्षीय सुरेश महतो लाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले ना.५२ प २५८४ नम्बरको मोटरसाइकल चालक सन्तोष लाई करिब ९ किलो चाँदी र ना. ५५ प ३९३२ नम्बरको मोटरसाइकल चालक सुरेशलाई करिब ५ किलो चाँदी सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए।

 प्रहरीका अनुसार उनीहरूले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाई छिपाई उक्त चाँदी ल्याएको अवस्थामा नियन्त्रणमा लिएको हो।

त्यसैगरी रौतहटको गौर नगरपालिका १ स्थित गौर भन्सार कार्यालय अगाडि सडकबाट ७ किलो १ सय ८७ ग्राम चाँदीका विभिन्न गरगहना सहित भारत विहार सितामढी बैरगनिया नगरपरिषद ८ असोगी बस्ने ६२ वर्षीय चन्देश्वर साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले भारतको बैरगनियाबाट गौरतर्फ आउँदै गरेको बीआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ट्याङ्की मुनि प्लाष्टिकको पोकाभित्र लुकाई छिपाई राखेको चाँदीको पाउँजु लगायतका विभिन्न किसिमको गरगहनाहरू फेला पारी साहलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका साहलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा पठाइएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।