सिरहा, ८ कात्तिक। बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ७८ हजार नगद घुससहित पक्राउ गरेको छ। कलैया सेवाग्राहीसँग घुस लिएको रकमसहित उपमहानगरपालिका ४ को कार्यालय जाने बाटोबाट उनलाई आज विहिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलिले नियन्त्रणमा लिएको हो। 

बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस माँग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निमित प्रमुख प्रशासकीय अधिकृत साहलाई घुस बापत रकम लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ। 

साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोले जनाएको छ।