काठमाडौं, ८ कात्तिक। हिजबुल्लाहले आफ्नो समूहको कार्यकारी परिषद्का प्रमुख हासेम सफीद्दीनको मृत्यु भएको पुष्टि गरेको छ।

हिजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै सफीद्दिन यस महिनाको सुरुमा बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएको उल्लेख गरको छ। तर, हिजबुल्लाहले आक्रमणको मिति भने उल्लेख गरेको छैन।

हिजबुल्लाहको यो बयान इजरायली रक्षा बलको घोषणा पछि आएको हो। यसअघि, इजरायली सेनाले अक्टोबर ४ मा आफ्नो हमलाले हसन नसरल्लाहका सम्भावित उत्तराधिकारी र हिजबुल्लाहको नयाँ प्रमुख बन्ने दावेदार हसम सफीद्दीन मारेको बताएको थियो। इजरायली सेनाले सफीद्दिनसँगै हिजबुल्लाहको गुप्तचर विभागका प्रमुख हुसेन अली हाजिमा पनि आक्रमणमा मारिएको जनाएको छ।

इजरायलले अक्टोबर ४ मा भएको आक्रमणले बेरुतमा हिजबुल्लाहको भूमिगत गुप्तचर मुख्यालयलाई निशाना बनाएको थियो। यो मुख्यालय बेरुतको दहियाह क्षेत्रमा अवस्थित छ, जसलाई हिजबुल्लाहको गढ मानिन्छ। इजरायली सेनाले आक्रमणको समयमा शीर्ष कमाण्डरहरू सहित २५ भन्दा बढी खुफिया कर्मचारीहरू हिजबुल्लाहको गुप्तचर मुख्यालयमा उपस्थित रहेको बताएको छ। हमलाको समयमा हासेम सफीद्दीन पनि गुप्तचर मुख्यालयमा उपस्थित थिए।

हसम सफिद्दीन हिजबुल्लाहका पूर्व प्रमुख हसन नसरल्लाहका भाइ हुन्। हसम सफीद्दीन धेरै धार्मिक प्रकृतिका व्यक्ति थिए र हसन नसरल्लाह जस्तै, उनी पनि इरानको नजिक रहेको भनिन्छ। हिज्बुल्लाहको कार्यकारी परिषद्को प्रमुख हुनुको साथै, उनी हिज्बुल्लाहको जिहाद काउन्सिलको प्रमुख पनि थिए, जुन हिज्बुल्लाहको सैन्य अपरेशनहरूको लागि जिम्मेवार छ।

जानकारीका अनुसार, हेजबुल्लाहको कार्यकारी परिषद्को प्रमुखको रूपमा हसम सफीद्दीनले समूहको राजनीतिक मामिलाको निरीक्षण गर्थे र जिहाद परिषदमा पनि संलग्न थिए। जसले हिजबुल्लाहको सैन्य अभियानलाई निर्देशन दिन्छ। 

हसम सफीद्दीनलाई सन् २०१७ मा अमेरिकी विदेश मन्त्रालयले आतंकवादी घोषणा गरेको थियो। सफीद्दीन आफ्नो आक्रामक बयानका लागि परिचित थिए। समाचार एजेन्सीका अनुसार एक अन्त्येष्टिमा हासेम सफिद्दीनले इजरायलविरुद्ध ठूलो धम्की दिँदै शत्रुले रोउन तयार हुनुपर्ने बताएका थिए।

न्यूज कारखाना।