काठमाडौं, १५ कात्तिक। नेपाल प्रिमियर लिग (एनपिएल)को आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान कुशल भुर्तेलले टस जितेका हुन्। हर्मित सिंह कप्तान रहेको जनकपुर बोल्ट्सले सुरुमा ब्याटिङ गर्नेछ।
एनपीएलमा दोस्रो खेल खेल्न लागेको पोखरा पहिलो जितको खोजीमा छ। पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको हो।
जनकपुर भने दोस्रो जितको खोजीमा छ। एक खेलमा जित र एक खेलमा हार भोगेको जनकपुर तालिकाका २ अंक थप्न चाहन्छ।
जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने काठमाडौलाई ८ विकेटले हराएको थियो।























