काठमाडौं, ६ कात्तिक। भारतीय राजधानी दिल्लिबाट काठमाडौं अवतरण भएको भिस्तारा एयरको बिमानमा बम राखिएको सूचनापछि सुरक्षाकर्मीहरुले विमानको चेकजाँच गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा एयरको विमानमा बमको सूचनापछि नेपाली सेना र प्रहरीले खाजतलास गरिरहेको छ। सेताको बम डिस्पोजल टोली पनि विमानमा पुगेका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएप मार्फत सो धम्की दिइएको थियो। सूचनापछि विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिएको छ र सो विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरिरहेका छन्।

विमानमा बम रहेको नरहेको अहिलेसम्म स्पष्ट नभएको सुरक्षास्रोतले जानकारी दिएको छ।

यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो।

अहिले भारतमा हरेक दिन विमानमा बम रहेको धम्की आइरहेको र सयौ उडान प्रभावित भइरहेका छन्।