जनकपुरधाम, ६ कात्तिक। धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। हँसपुर नगरपालिका ६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डलको सोमबार बेलुका जनरेटरमा तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा छुन गई मृत्यु ज्यान गएको हो।

छिमेकीको पूजामा ल्याएको जेनेरेटरको लाइन जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छुन गई करेन्ट लागेर बेहोस भएका मण्डललाई  उपचारको लागि तत्काल प्रादेशिक अस्पताल जनकपुरमा ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डीएसपी बरुण बहादुर सिंहले जानकारी दिए।

अहिले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।