गोलबजार, ५ कात्तिक। सव डिभिजन वन कार्यालय चोहर्वा सिरहाले नियन्त्रणमा लिएको सखुवाका झ्या तथा ढोकाका चौकस मिलेमत्तोमा छोडी दिएको छ। विलमा नाम उल्लेख नगरी कम परीमाण उल्लेख भएको जिल्लाकै कर्जन्हा ३ स्थित शिवम  काष्ठ उद्योगबाट प्रदेश १–००१ज ३५६९ नम्वरको योद्धा पिकपमा गोलबजार ४ स्थित शम्भु सःमिलमा ल्याएको सखुवाको झ्याल तथा ढोकाको चौकस छोडीदिएको हो। 

अवैध रुपमा सः मिलमा काठ आएको छ भन्ने सूचना पाएर सञ्चारकर्मीपुग्दा चालकले नाम उल्लख नगरेको ५९ नम्वरको भ्याट विल देखाएका थिए। विलमा क्रेताको नाम उल्लेख भएको छैन। 

यस्तो हुँदाहुँदै वन कर्मचारीले काठ तस्करलाई सहयोग हुनेगरी व्यवहार देखाएको प्रत्यक्ष दर्शिले बताए।

मिल कर्मचारीले पहिला घरको लागि ल्याएको भने पनि पछि सः मिलको नाममा विल आएको छ।

पहिले नै त्यहाँ पुगेका सव डिभिजन बन कार्यालय चोहर्वाका प्रमुख आवेश हुसेनसँग क्रेताको नाम उल्लेख नगरेको बिलको मान्यता हुन्छ की हुँदैन? सञ्चारकर्मीले भनि प्रश्न गर्दा उनले यस विषयमा सोध खोज गर्दैछु भने। तर, उनी आफैले शिवम काठ उद्योगमा फोन गरेर पनि मेसेन्जर मार्फत शम्भु सःमिल गोलबजारको नाममा विल मगाएर सवै ठिक छ भन्दै छोडेर गएको एक प्रत्यक्ष दर्शिले बताए। 

पहिलो गाडीसँगै आएको ५९ नम्वरको विलमा झ्याल ९ थानको ४० हजार ५ सय, चौकठ ५ थानको ७ हजार ५ सयगरी ४८ हजार र १३ प्रतिशत भ्याट बापत हुन आउने रकम ६ हजार २ सय ४० सहित जम्मा ५४ हजार २ सय ४० रुपैयाँको छ।

पछि वन अधिकृत हुसेन आफैले मगाएको ६० नम्वरको विलमा भने ५÷४ को झ्याल १० थान १ लाख ३५ हजार, ४÷४ को झ्याल २ थान २३ हजार र चौकठ ७÷३ को १३ हजार ६ सय र १३ प्रतिशत भ्याट बापत हुनआउने रकम २२ हजार ३ सय ८ रुपैयाँसहित १ लाख ९३ हजार ९ सय ८ रुपैयाँको विल छ।

प्राप्त दुईवटा विलकै आधारमा पनि उद्योगले गैरकानुनी काम गरेको देखिँदा देखिदै पनि वन कर्मचारीले बचाउ गर्नु आर्थिक चलखेल भएको हुन सक्ने प्रत्यक्ष दर्शी बताउँछन्। 

वन अधिकृत भने आफैले मगाएको विल देखाउँदै सवै ठिक छ। विल छ। कठमा टाँचा हालेको छ भन्दै क्रेता र विक्रेता सः मिलकै बचाउ गर्दै हिडे।