सिरहा, ४ कात्तिक। सिराहाको कर्जन्हा नगरपालिका ११ मा रहेको जनसेवा माध्यमिक विद्यालयका  कर्मचारीले तलव भत्ता नपाएको भन्दै विद्यालयको मुख्य गेटमा तालाबन्दि गरेका छन्। पछिल्लो एक वर्षभन्दा लामो समयदेखि तलव बत्ता नपाएको भन्दै दुई जना कास, एक जना पुस्ताकालयका कमचारी र एकजना लेखापालले विद्यालयको मुख्य गेटमा तालावन्दि गरेका हुन्। 

विद्यालयमा भएको तालाबन्दिको कारण हजारौं विद्यार्थीको पठन–पाठन प्रभावित भएको छ। यस विद्यालयमा प्राविधिक धारसहित १२ कक्षा सम पडाईहुने गरेको छ।

कर्मचारीहरुले दशै जस्तो पर्वमा पनि तलब नपाए पछि बाध्य भएर विद्यालयमा तालाबन्दि गर्नु परेको बताए।  उनीहरुले भने ‘सँगैकाम गर्ने अन्य शिक्षक कर्मचारीले खुरुखुरु तलव थापी रहेका छन्, हामी भने एक वर्ष भन्दा लामो समयदेखि तलव भत्ता नपाएर विचल्लिमा परेका छौं। हामीले पनि नियमित तलव भत्ता पाउनुपर्यो भनेर तालाबन्दि गरेका हौं।’

विद्यालयले उपभोग गर्दै आएको कर्जन्हा बजार र पोखरी नगरपालिकाले आफ्नो मातहतमा लिएपछि कर्मचारीहरुलाई तलव खुवाउन नसकिएको प्रधानाध्यापक लक्ष्मी आयले बताए। उनले भने, ‘नीजी स्रोतमा काम गरिरहेका ४ जना कर्मचारीलाई बजार र पोखरी ठेक्काबाट उठेको रकमबाट तलव भत्ता ख्वाईरहेका थियौं। पछिल्लो पटक नगरपालिकाले पोखरी र बजार आफ्नो नियन्त्रणमा लिएपछि हामीलाई आर्थिक कठिनाई भएको छ। त्यसैले कर्मचारीलाई तलव  दिन सकिराखेका छैनौं।’

उनले यस सम्वन्धमा नगर प्रमुख र शिक्षा शाखा प्रमुखलाई पटक–पटक जानकारी गराएपनि बेवास्ता गरेको बताए। प्र.अ. हायले विद्यालयको छुट्टै आयस्रोत नभएकाले पनि समस्या भएको हो।  

कर्जन्हा नपाका मेयर भोलाप्रसाद पोखरेलले तालाबन्दि गरेको विषयमा जानकारी पाएको भएपनि अहिले आफू बाहिर रहेको बताए। उनले भने, ‘नगरपालिकाले सवै शिक्षक कर्मचारीको तलव भत्ता  दशैं अघि नै गईसकेको छ। विद्यालयले राखेको निजी स्रोतको कर्मचारीको विषयमा मलाई जानकारी भएन। उनीहरुले तालावन्दि गगरेको भने सुनेको छु।’