गोलबजार, ४  कात्तिक। सिरहाको गोलबजार ६ स्थित भिजन एजुकेशनल एकेडेमीको नवनिर्मित भवन निर्माणको लागि राखिएको १ सय १३ बोरा सिमेन्ट राखेको ठाउँमा आगलागी भएको छ। निर्माणस्थलमा प्लाष्टिकको त्रिपालले छोपेर राखेको सिमेन्टको बोरा जल्ने गरी आगजानी भएको हो। 

आज विहान ७ बजेको आशपासमा निर्माण मजदुर र मिस्त्रीहरु आएपछि सिमेन्टको बोरामा आगो लागेको देखेपछि आफूहरुले जानकारी गराएको संचालक कमला बस्नेतले जानकारी दिए। उनले हामीले विहानमात्र थाहा पायौं, जलेको विहानपख परेको पानीका कारण धरै सिमेन्ट काम नलाग्ने अवस्थामा पुगेको बताए। 

इलाका प्रहरी कार्यालय गोलबजारले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भईरहेको जनाएको छ। प्रहरीले कसरी आगलागी भएको कारण नखुलेको र सिमेन्टका बोराहरु जलेको र कतिपय काम नलाग्ने अवस्थामा रहेको बताए।