सर्लाही, ३० असोज। सर्लाही जिल्लामा वृहत विज्ञान प्रदर्शनी मेला हुने भएको छ। मधेशमा विज्ञान क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ  नगरपालिका र युनेस्को नेपाल राष्ट्रिय आयोगले संयुक्त रुपमा मेला आयोजना गर्न लागेका हुन्। 

वृहद विज्ञान प्रदर्शनीमा सहभागीता जनाउन तथा विद्यालयहरुले आ–आफना प्रस्ताव पेश गर्न शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले आह्वान गरेका छन्।

प्रदर्शनीमा भागलिन चाहने विद्यालयहरुले आगामी कात्तिक महिनाको पहिलो साता भित्र आ–आफना प्रोजेक्ट सहितको प्रस्तावना पेश गर्न शिक्षा विकास तथा समन्वय इकाईआह्वान गरेको छ।

प्रस्तावनाको छनोट सहभागी विद्यालयको छनोट प्रस्तावनाको आधारमा विद्यालय छनोट युनेस्को, शिक्षा विकास तथा समन्वय इकाई र बलरा नगरपालिकाको समन्वयमा हुनेछ। कक्षा ६ देखि १२ सम्मका सामुदायिक तथा विद्यालयहरू सहभागी हुन पाउने छन्।

सहभागी संख्या प्रत्येक विद्यालयबाट एक जना विज्ञान शिक्षक र बढिमा पाँच जना विद्यार्थीहरु सहभागी हुन पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। आधारभूत र माध्यमिक तहका विद्यालयहरू बिच छुट्टा–छुट्टै प्रतियोगिता हुने छ।

विज्ञान प्रदर्शनी हुने स्थल र मिति

मेला तथा प्रदर्शनी श्रीजनता नमुना माध्यमिक विद्यालय बलरा नगरपालिका ८ गडहिया डुमरिया सर्लाही हुने छ। कार्तिकको अन्तिम सातामा प्रदर्शन हुने आयोजले जनाएको छ। 

पुरस्कार र प्रोत्साहन

आधारभूत तहका विजेताहरुलाई युनेस्कोबाट माध्यमिक तहका विजेतालाई प्रथम पुरस्कार स्वरुप नगद ३० हजार, द्वितीय पुरस्कार २५ हजार, तृतीय पुरस्कार २० हजार तथा दुई विद्यालयलाई सान्त्वना पुरस्कार स्वरुप जनही १० हजार प्रदान गरिने आयोजकको भनाई छ।

छनोट भएका विद्यालयहरूले स्टल निर्माणका लागि ५ हजार व्यवस्थापन खर्च प्राप्त गर्ने छन्।