गोलबजार, २९ असोज। सिरहाको सुखीपुर नगरपालिका १० ललसैया दुर्गा मन्दिरदेखि पूर्व गागन खोला बगरमा सोमबार भेटीएको शव गाोलबजार नगरपालिका १३ दुर्गापुरका श्रीदेव महराको छोरा २० वर्षिय कृष्ण कुमार महराको रहेको प्रहरीले जनाएको छ। 

महराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुखिपुर ७ का उतिमलाल मुखियाको १९ वर्षिया छोरा सिकिन्दर मुखियालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा कृण र सिकिन्दर विच विवाद भएको सूचनाका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए। 

उनको घाँटीमा धारीलो हतियारले रोपेको डोव देखिएको प्रत्यक्षदर्शिले बताएको छ। शवको प्रकृतिहेर्दा हत्या जस्तो देखिएपनि पोष्टमार्टमको रिपोर्टपछिमात्र केही बताउन सकिने जानकारी दिए।

कृष्णको शव सोमबार अपरान्ह सुखीपुर नगरपालिका १० ललसैया दुर्गा मन्दिरदेखि पूर्व गागन खोला बगरमा टोउको बालुवाले पुरीएको अवस्थामा फेला परेको थियो। 

उनी २७ गते बेलुका दुर्गा मेलाहेर्न गएको ठाउँबाट हराईरहेका थिए। 

स्थानीयएका अनुसार कृष्ण उतिमलाल मुखियाको बारीमा २७ गते बेलुका लुकेर बसेको देखेपछि उतिमलालका छोराले खेदेर कुटपीट गरेका थिए। त्यसपछि उनी हराईरहेका थिए।