सिरहा, २९ असोज। आम जनता पार्टीका केन्दिय अध्यक्ष प्रभु साहले केन्द्र सरकारको असमान वितरण प्रणालिका कारण मधेश मानव विकासको सूचकाङ्कमा पछाडी परेको बताए। पर्टीले सिरहाको गोलबजारमा आयोजना गरेको दशैं–दिपाली शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधनगर्दै असमान बजेट वितरण प्रकृयाले मधेश पछाडी परेको बताएको हो। 

बहुँच, पक्कड र कमिशनको भरमा सरकारी बजेट वितरण हुने गरेको आरोप लगाउँदै पूर्व मन्त्रीमेत रहेका अध्यक्ष साहले मधेशले समान बजेट प्राप्त गर्न नसकेको जिकीर गरे। उनले भने, ‘भौगोलीक शुगमता, अत्यधिक राजश्व संकलन हुने भएपनि मानव सूचकाङ्कमा मधेश पछाडी परेको छ। यो सवै असमान आर्थिक वितरण प्रणालीकाको कारण हो। केन्द्र सरकारले यहाँको आवश्यकताको आधारमा समान बजेट दिनु पर्छ।’

उनले मूलुक अहिले दलतन्त्रको कब्जामा रहेको आरोप लगाए। अध्यक्ष साहलेभने, ‘मूलुकमा अहिले राजनीतिक हिसावले संघिय लोकतान्तिक गणतन्त्रात्मक व्यवस्था भएपनि दलहरुको कब्जामा छ। कुनै विचार सिद्धान्तबाट हैन पार्टीहरुले ‘निजी कम्पनी’को रुपमा मुलुकलाई लुटी रहेको छ।’

उनले आफूहले लोकतान्त्र खोजेको हो। दलतन्त्र हैन। त्यसैले यो पार्टीहरुले कम्पनी जरी देश लुट्नेकार्य बन्द गर्नु पर्ने बताए।

उनले देश दलाल, लुटेरा र बैमानहरुको कब्जामा गएको भन्दै उनले यसबाट मुक्त गराएर मात्र देश विकास हुने दावी गरे। ‘अहिले यहाँका शासकहरु देश लुटेर विदेशमा धन जम्मा गरिरहेको छ र जनतालाई दुख दिई रहेको छ; उनलेभने,  ‘विदेश अहिले दुईखालका मानिसहरु गईरहेका छन्। एउटा विदेशका कमाएर देशमा पैसा पठाउने गरिवका छोरा–छोरी र अर्को देश लुटेर विदेशमा खर्च गर्ने र धन जम्मा गर्नेका छोरा छोरीहरु। देश लुटेर विदेश पठाउने रकम धेरै भएकोले आज देशको आर्थिक अवस्था कमजोर भएको हो।’

उनले यहाँको पैसा चोरबाटोबाट विदेश गएकोले देश आर्थिक संकटमा परेको जिकिर गरे। उनले भने, ‘मुलुकको आधा जनता विदेशमा छन्। तर आज पनि नेपाल भित्रीनेभन्दा बाहिरने रकम धेरै छ। यहाँ लुटेर सवै पैसा विदेश पठाई रहेको छ। अनि देश कसरी उभो लाग्छ।’

उनले मुलुक इमान्दार प्रयत्नबाटमात्र निर्माण गर्न सकिने बताउँदै राम्रो पार्टी र व्यक्ति पहिचान गर्न जनतासँग आग्रह गरे।

आजपाका जिल्ला अध्यक्ष उदय साहको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष बिलटु यादव, महासचिव त्रिभुवन साह, आम दलित मोर्चाका अध्यक्ष ठगा दास, स्थायी कमिटी सदस्य बिजय यादव लगाएतले मन्तव्य व्यक्त गरेका थिए।