गोलबजार, २८ असोज। सिरहामा अपरिचत युवकको शव फेला परेको छ। जिल्लाको सुखीपुर नगरपालिका १० लालसैया दुर्गा मन्दिरदेखि पूर्व गागन खोलाको किनारमा अन्दाजी २० वर्षको युवकको शव सोमबार अपरान्ह फेला परेको हो। 

घटनाको पुष्टिगर्दै जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले अहिले घटनास्थलको प्रकृति मुचुल्का उठाउने कार्य जारी रहेको र अझै शवको पहिचान खुल्न नसकेकोे जानकारी दिए।

उनले भने, ‘अहिलेसम्म शवको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनास्थलको प्रकृति मुचुका लिने कार्य भईरहेकोले मृत्युको कारणबारे तत्काल केही बताउँन सकिन्न।’

उनले शवको पहिचान खुलाउने प्रयास भईरहेको पनि बताए। डीएसपी पासवानले भने, ‘गाोलबजार नगरपालिका १३ का श्रीदेव महराको छोरा २० वर्षिय कृष्णा महरा २७ गते बेलुका ६ बजेबाट हराईरहेको भन्ने सूचना प्राप्त भएको छ। उनको शव हो भन्ने आशंका भएपनि अझै एकीन भईसकेको छैन।’ 

उनी दुर्गा मेला हेर्न गएको ठाउँबाटै हराईरहेको भन्ने सूचना  प्रप्त भएको प्रहरीको भनाई रहेको छ। 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।