सिरहा, २७ असोज। सिरहामा मोटरसाइकलको ठक्करबाट तीन वर्षिया बालिकाको ज्यान गएको छ। बरियारपट्टी गाउँपालिका ३ बरियारपट्टीचोकमा झाझपट्टीबाट सिराहातर्फ जाँदै गरेको हालसम्म नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय सरोज साफीकी छोरी ३ वर्षीया गंगा कुमारी साफीको आइतबार बिहान ज्यान गएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

ठक्करदिने मोटरसाइकल हालसम्म फरार रहेकोले मोटसाइकल र त्यसका चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए।

उनका अनुसार ठक्कर दिएर फरार मोटरसाइकल र चालककको खोजी भईरहेको छ। डीएसपी पासवानले भने, ‘बच्चालाई ठक्कर दिनासाथ प्रहरीलाई खवर गर्नुभन्दा पनि बच्चाको उपचारमामात्र ध्यान गएकाले मोटरसाइकल भाग्न सफल भएको हो। हामीले खोजीकार्य तिब्रबनाएका छौं।’