रौतहट, २० असोज। रौतहट प्रहरीले चन्द्रनिगहापुरबाट ४७ हजार नक्कली नेपाली नोट सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

चन्द्रपुर नगरपालिका १० स्थित सडकबाट एक हजार दरका ४७ थान नक्कली नेपाली नोट सहित जिल्लाकै गढीमाई नगरपालिका ५ का ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्यायलाई शनिवार राती पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले चपुरबाट गौरतर्फ जाँदै गरेको बिआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।