काठमाडौं, १९ असोज। एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको छ।  शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो।

खेलमा कर्णालीले शुरुका दुई सेट जितेपछि ललितपुरले खेलमा कमब्याक गर्दै तेस्रो र चौथो सेट जितेको थियो। त्यसपछिको फाइनल सेट कर्णालीले १५–१३ ले जितेर उपाधि चुमेको थियो।

यो हारसँगै ललितपुर क्विन्स उपविजेता बनेको छ।