मिर्र्चैया, १७ असोज। सिरहा प्रहरीले ४ ग्राम भन्दा बढी ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मिर्चैया नगरपालिका २ सिक्रोन जाने भित्री बाटोबाट ४ ग्राम २१ मिलिग्राम लागु पदार्थ ब्राउन सुगरसहित मिर्चैया नगरपालिका २ मलहनियाँपिडारीका २७ वर्षीय कासिन्दर मण्डललाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मण्डललाई उक्त लागु पदार्थसहित पक्राउ गरेको जनाएको छ। 

यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।