काठमाडौं, १७ असोज। अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले कोलम्बसलाई पराजित गरेको छ।

विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले कोलम्बसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने लुइस स्वरेजले एक गोल गरेका थिए।

त्यस्तै कोलम्बसका लागि डिएगो रोजी र चुचो हेर्नानडेजले एक एक गोल गरेका थिए । खेलको ८४औ मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि कोलम्बसले खेल बराबरी गर्ने अवसर गुमाएको थियो।

यस खेलमा खेलको ६३औ मिनेटमा रुडी कामचोले रातो कार्ड पाएपछि कोलम्बस १० खेलाडीमा समिति भएको थियो।

यो जितपछि इन्टर मियामीको ३२ खेलमा ६८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै दोस्रो स्थानमा रहेको कोलम्बसको ३१ खेलमा ५७ अंक रहेको छ।